टिभीको स्वीच अन गर्न लाग्दा सप्तरीमा करेन्ट लागेर अमृताको मृत्यु

राजविराज, ८ जेठ । सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियामा गए राति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

टिभीको स्वीच अन गर्न लाग्दा करेन्ट लागेर संतोष यादवकी २४ वर्षीया पत्नी अमृता देवी यादवको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी यादवको तत्काल उपचारको लागि युनिक अस्पताल रुपनी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) माधव प्रसाद काफ्लेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस