सप्तरीका दुई महिलासहित थप ४ जनाको कोरोनाबाट मृत्यु

राजविराज, १२ जेठ । सप्तरीका दुई महिलासहित थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले आज सार्वजनिक गरेको तथ्यांकमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

रुपनी गाउँपालिका–२ की ५५ र तिरहुत गाउँपालिका–७० वर्षीया महिला तथा सुरुङ्गा नगरपालिका–९ का ७५ र सोही नगरपालिका–३ का ३५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । जेठ ३ गते संक्रमण पुष्टि भएपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी ५५ वर्षीया महिलाको हिजो (मंगलबार) र ७० वर्षीया महिलाको आज (बुधवार) धरान अस्पतालमा मृत्यु भएको छ ।

उनमा जेठ १० गते संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । यसैगरी ७५ वर्षीय पुरुषको नरसिंह अस्पताल विराटनगरमा हिजो मृत्यु भएको यादवले बताए । उनमा जेठ ८ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी ३५ वर्षीय पुरुषको जेठ ६ गते नै मृत्यु भएको छ । सोही दिन संक्रमण पुष्टि भएको उनको धरान अस्पतालमा मृत्यु भएको जनाएको छ । योसँगै सप्तरीमा कोरोनाको दोस्रो लहरमा ६२ जनाको मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस