भीड जम्मा गरेर नागरिकता बाँडेका छैन : सिडिओ

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञाबीच भीड जम्मा पारेर नागरिकता वितरण गरेको भन्ने समाचार सत्य नभएको प्रष्ट्याएको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश ल्याएसँगै जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड बढेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रशासनले विज्ञप्ति जारी गरी नागिरकता वितरण कार्य नगरेकाे स्पष्ट पारेको छ ।

पर्सामा पनि नयाँ भेरियन्टसहितको कोभिड- १९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण रोकथाम र संक्रमणको श्रृखला तोड्न वैशाख १६ गते देखि शुरु भएको निषेधाज्ञा हालसम्म जारी रहेको छ ।

निषेधाज्ञा जारी भएसँगै नगारिकता वितरण कार्य नगरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल बताए ।

जारी विज्ञप्तिमा भनिएको छ,‘अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको अवस्था छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ । निषेधाज्ञा अवधिमा ठुलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनेर केही वर्ष पुरानो भिडियो फुटेज समेत राखेर सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहीन, असत्य र कपोल कल्पित भएको कुरा सबैमा जानकारी एंव अनुरोध गरिन्छ ।’

नेकपा एमालेका नेता भीम रावलले सामाजिक सञ्जालको पोष्टले अपवाह फैलाउन सहयोग पुयाएको थियो ।

उनले टीट्ट गर्दै भनेका थिए,‘ विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या । रहेको समाचार आयो।प्रमं केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकिरुनेपाली जनतालाई जवाफ चाहियो।सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं !’ ।

तर उनले लेखेको स्टाटस पुष्टि हुन नसकेपछि हटाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस