आज सप्तरीका थप ६९ जनामा कोरोना पुष्टि, खडकका सबैभन्दा बढी

राजविराज, १२ जेठ । सप्तरीमा आज (बुधवार) एकैदिन थप ६९ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणबाट ५७ र एन्टिजेन परिक्षणबाट १२ जना गरी ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा खडक नगरपालिकामा मात्रै १२ महिला र २१ पुरुष गरी ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यसैगरी कञ्चनरुप नगरपालिकामा १७, राजविराजमा ७, डाक्नेश्वरीमा २, बोदे बरसाइनमा ४, शम्भुनाथमा २, सुरुङ्गामा २, अग्नीसाइकर कृष्णासवरणमा १ र तिरहुतमा १ जनामा संक्रमण देखिएको उनले बताए ।

यससहित सप्तरीमा कोरोनाको दोस्रो लहरमा १ हजार ५९७ पुगेको छ । संक्रमितमध्ये ३५८ जना निको भएका छन् । हाल १ हजार १७७ जना सक्रिय संक्रमित रहेका निमित्त प्रमुख यादवले बताए । दोस्रो लहरमा सप्तरीमा कोरोनाबाट अहिलेसम्म ६२ जनाको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस