जसपा विवाद: ठाकुर-महतो पक्षबाट कार्यकारिणी समिति सदस्यलाई ५० लाखकाे अफर

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टीमा आधिकारिकताको विवाद बढ्दै गएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई स्पष्टीकरण नै माग गरेपछि पार्टीमा आधिकारिकताकाे विवाद बढ्दै गएको बेला पार्टीको शाक्तिशाली निकाय मानिएको कार्यकारिणी समितिका सदस्यहरुको खरिद बिक्री शुरु भएको छ ।

कार्यकारिणी समितिको झण्डै दुई तिहाईभन्दा बढी सदस्यहरुको जेठ आठ गते सम्पन्न बैठकले पार्टी निर्णय विपरित ओली नेतृत्वको सरकारलाई सघाएको भन्दै कार्यकारिणी अध्यक्ष महन्थ ठाकुरसहितलाई कारबाही गर्ने निर्णय गरेपछि ठाकुर समूहले कार्यकारिणी सदस्य खरिद गर्ने प्रयास शुरु गरेका छन ।

शुरुमा बरिष्ठ नेता अशोक राईलाई दुई मन्त्रालय सहितको अफर गरेर आफनो पक्षमा पार्ने प्रयास गरेको ठाकुर–महतो समूहलाई नेता राई हप्काए पछि कार्यकारिणी समितिका अन्य सदस्यहरुलाई खरिद गर्ने प्रयास थालेका हुन । उक्त समूहले एमालेका केही नेता र जसपाकै दोस्रो तहका केही नेतालाई कार्यकारिणी सदस्य खरिद गर्ने जिम्मेवारी दिँदै प्रति सदस्य पचास लाख मुल्य निर्धारण गरेको महतो निकट एक नेताले बताएका छन ।

नाम नखुलाउने सर्तमा उनले भने ‘पार्टीको विधान अनुरुप कार्यकारिणी समिति नै सबैभन्दा शक्तिशाली रहेकोले त्यसमा बहुमत पुर्याउन आफुहरु कुनै कसर बाँकी राख्ने छैनौ ।’, उनले अगाडी थपे,‘उपेन्द्र यादव कार्यकारिणीमा बहुमत देखाएर आफुहरुलाई कारबाही गर्ने तयारी गरेका छन । त्यसलाई तोडन जति रकम लागे पनि आफुहरु पछि पदैनौ ।’

केही कार्यकारिणी सदस्य आफुहरुको सम्पर्कमा आएको भन्दै उनले भने ‘अहिले पचास लाख भनेका छौ । नभए जति मागे पनि दिन तयार छौ । उपेन्द्र समूहले पार्टीको विधान अनुरुप कारवाहीको डण्डा चलाएपछि पार्टी र पद दुबै जाने डरले ठाकुर महतो समूह अन्तिम अस्त्रको रुपमा कार्यकारिणी सदस्य खरिद गर्ने प्रयास शुरु गरेका हुन ।

संसदीय समितिमा बराबरीको संख्यामा रहेको ठाकुर-महतो समूहले पछिल्लो समयमा मन्त्री बनाइदिने प्रलोभन सहित ५०–५० लाख नगद नै दिएर उपेन्द्र समूहका पाँच सांसदलाई खरिद गरेर बहुमत पुर्याएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस