सप्तरीमा आवत-जावतमा थप कडाई, उल्लङ्घन गर्नेलाई ३ लाखसम्म जरिवाना

राजविराज, १२ जेठ । कोभिड–१९ को संक्रमण दर नघटेकोले सप्तरीमा पनि मानिसको आवतजावतमा थप कडाई गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आवतजावतमा थप कडाई गर्ने निर्णय गरिएको हो ।

बैठकबाट उल्लंघन गर्नेलाई सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ अनुसार कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सूचना जारी सो बारे जानकारी गराएको छ ।

संक्रमितको संख्या दिनहुँ थपिँदै गएपछि कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश कार्यान्वयनमा ल्याइएको हो । अध्यादेश विपरित कार्य गरेमा वा कार्यान्वयनमा बाधा पुर्याउनेलाई कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

उनले अहिलेसम्म पिडामार्का बुझेर व्यवहारिक रुपमा कारबाहीमा कडाई गरिएको थिएन तर संक्रमित हुनेको संख्या तिव्र रुपमा बढदै गएपछि अध्यादेश बमोजिम अघि बढन लागेको बताए ।

यो अध्यादेश लागु भएसँगै अबदेखि अध्यादेश बमोजिम काम गर्न बाधा पुर्याउनेलाई एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै तथा अध्यादेश बमोजिम पालना नगर्नेलाई ६ महिनासम्म कैद, ३ महिना जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ ।

Author:



क्याटोगरी छान्‍नुहोस