प्रदेश दुईसहित मुलुकभर वर्षा

जनकपुरधाम । मुलुक अधिकांश भ–भागमा बंगालको खाडीमा रहेको यास चक्रवातको असरले वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भएको छ ।

आज दिउँसो पनि प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली र उच्च पहाडी भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना व्यक्त गरिएको छ भने मंगलबारदेखि नै भइरहेको वर्षा अब शनिबारसम्म अझ बढ्दै जाने मौसमविद्ले जनाएका छन् ।

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबारसम्म उच्च वर्षासँगै बाढी पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन आह्वान गरेको छ ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्राधिकरणले जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस