प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ११ हजार नाघ्यो

जनकपुरधाम । प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ। पछिल्लो पटक बुधबार मात्रै ३ सय ४४ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ११ हजार नाघेको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवका अनुसार प्रदेश २ मा प्रदेशमा सक्रिय संक्रमितको संख्या ११ हजार ३ सय ५९ पुगेका छन् ।

निर्देशनालयले उपलव्ध गराएको तथ्याङ्कअनुसार सप्तरीमा १ हजार ६१ जना,  सिरहामा ५४१ जना, धनुषामा २ हजार १ सय १७ जना, महोत्तरीमा एक हजार ७ सय ५८ जना, सर्लाहीमा ३ सय ६६ जन, रौतहटमा ७ सय ६ जना, बारामा १ हजार २ सय ६ जना र पर्सामा २ हजार ८ सय ७० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस