‘टिकटक’ : झुन्डिँएकाे एक्टिङ्ग गर्दा बालिकाकाे ज्यान गयो

उदयपुर, १३ जेठ । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ की एक बालिकाको उदयपुरमा ‘टिकटक’ बनाउनेक्रममा झुन्डिँदा एक बालिकाको ज्यान गएको छ । ११ वर्षीया सञ्जीता बस्नेतको टिकटक बनाउनेक्रममा झुन्डिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए ।

उनका अनुसार बुधबार साँझ आमा–बुबा भान्सा कोठामा खाना खाँदै गरेको बेला उनी अर्को कोठामा टिकटक बनाउँदै थिइन् । मुढामाथि मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर उनको मृत्यु भएको उनले बताए ।

मोबाइल धरिनमा राखेको अवस्थामा फेला परेको र घाटीमा सलको पासो बनाएर बाई बाई गरेको भिडियो देखिएको प्रहरीले जनाएको छ । सलको पासो बनाएर झुन्डिएको भिडियो फुटेज देखिएको बताउँदै एसपी दाहालले भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याबपछि मात्रै बताउन सकिने अवस्था रहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस