लागूऔषधसहित २१ वर्षिय युबक पक्राउ

जनकपुरधाम । सर्लाहीबाट लागुऔषधसहित एक युवक पक्राउ परेको छ । ब्रम्हपुरी गाउँपालिका–४ स्थित राजबेरी इलाकाबाट सशस्त्र प्रहरीको टोलीले लागुऔषधसहित २१ वर्षीय प्रमोदकुमार महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेका महतोको साथबाट सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा १२० बोतल लागूऔषध सिरफ बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका महतोलाई सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट त्रिभुवन नगरबाट खटिएको टोलीले शंका लागेर सर्च गरेको थियो ।

उनलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस