उदयपुरमा दुई छोरा र आमाको कोरोनाबाट मृत्यु

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा कोरोना संक्रमणबाट एक हप्ताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोरा र आमाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

उनका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो । आज बिहान होमआइसोलेशनमा उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको उनले बताए । कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि निको भएर घर फर्केका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस