विद्युतीय धरापमा परेर सप्तरीमा एक महिलाको मृत्यु

राजविराज, २० जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीमा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय रामवृक्ष रायकी ५५ वर्षीया पत्नी इनरदेबी रायको करेन्ट लागेर मृत्यु भएको हो ।

सुँगुर र स्यालबाट तरकारीबाली जोगाउनको लागि बनाइएको धराप (नाङ्गो बिजुलीको घेरावेरा)मा परेर उनलाई करेन्ट लागेर स्थानीयहरुले बताएका छन् ।

करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । महिलाको शवलाई पोष्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780