जुनियर नेता उपप्रधानमन्त्री भएपछि आफैं हटेको हुँः हृदयेश त्रिपाठी

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालबाला ४ जनालाई राखेर अरु सबै मन्त्रीहरुलाई बिदा दिएका छन् । सरकारबाट बाहिरिने मन्त्रीहरुमध्ये एक हुन् हृदयेश त्रिपाठी ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका त्रिपाठीले भने आफूलाई हटाइएको नभइ स्वेच्छाले छोडेको बताएका छन् । मधेश लाईभसँग कुराकानी गर्दै उनले आफ्नै इच्छा अनुसार मन्त्रिपरिषदबाट बाहिरिएको स्पष्ट पारे । आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको त्रिपाठीको भनाइ छ ।

उनले भने, ‘अहिले विस्तारित मन्त्रीपरिषद्मा मभन्दा जुनियर व्यक्ति नै उपप्रधानमन्त्री हुने भए । आफूभन्दा जुनियरको अन्डरमा बस्नु उचित ठानिनँ ।’

ओलीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् । उनीहरु दुवै आफूभन्दा जुनियर रहेको त्रिपाठीको संकेछ छ । उनले नयाँ बनेको मन्त्रीपरिषद्लाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस