आज विश्व वातावरण दिवस मनाइँदै

जनकपुरधाम । नेपालमा पनि आज विश्व वातावरण दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्र संघले आह्वानमा प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो ।

यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ । तर वातावरण संरक्षणमा यो बेला सरकारीस्तरबाटै वेवास्ता भएको आरोप पनि लागेको छ ।

वातावरण जोगाउन क्रियाशील हुनुपर्ने सरकार नै चुरे क्षेत्र मासेर वातावरण संरक्षणमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्राकृतिक सम्पदाको दोहनमा लागेको भन्दै विज्ञहरूले आलोचना गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस