जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न समिति गठन

जनकपुरधाम । जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनेको छ । विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो ।

नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेपछि जानकी मन्दिरलाई विश्व समपदा सूचिमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनाएका हुन् ।

समितिले अध्ययन गरी आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्ने मन्त्री अरगरियाको सचिवालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस