‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो भनेर प्रश्न उठाएका छन् । जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा गएपछि डा. बाबुराम भट्टराईले यस्तो प्रश्न गरेका हुन् ।

‘नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ’ भनेर पनि उनले प्रश्न गरेका छन् ।

शनिबार एक ट्वीट गर्दै डा भट्टराईले लेखेका छन्, ‘यक्ष प्रश्न– संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुखुण्डो उत्रिएन त ?’

Author:



क्याटोगरी छान्‍नुहोस