जसपा अध्यक्ष यादवद्वारा अस्पतालमा थप अक्सिजन सिलिन्डर उपलब्ध गराइयो

राजविराज, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पहलमा थप २० थान अक्सिजन सिलिन्डर गजेन्द्रनारायण सिंह अस्पताल राजविराजलाई उपलब्ध गराइएको छ । यसअघि जेठ १५ गते पनि यादवकै पहलमा अस्पतालमा ३० थान अक्सिजन सिलिन्डर उपलब्ध गराइएको थियो ।

सप्तरी क्षेत्र २ बाट निर्वाचित यादवको पहलमा उपलब्ध गराइएको थप २० थान अक्सिजन सिलिन्डर आज अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजित कुमार झालाई हस्तान्तरण गरिएको छ । राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव र जनता समावादी पार्टी प्रदेश २ का सचिव दिनेश कुमार यादव लगायतकाले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.झालाई सो सिलिन्डर हस्तान्तर गरेका हुन् ।

यसअघिसम्म अस्पतालमा १३० वटा अक्सिजन सिलिन्डर थियो । जसमा नेता यादवको पहलमा ५० वटा सिलिन्डर थप भएको अस्पताल प्रशासनले जनाएको छ ।

यो पनिः

अस्पतालमा अक्सिजन सिलिन्डरको खाँचो, उपेन्द्र यादवले बढाए चासो

Author:



क्याटोगरी छान्‍नुहोस