पोखरीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम । सिराहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । लहान नगरपालिका-१५ मा रहेको पोखरीमा डुबेर स्थानीय बमभोली दासकी अन्दाजी ५ वर्षीया छोरी कृतिका दासको मृत्यु भएको हो ।

बुवाआमा खेतीपातीमा व्यस्त भएका बेला बालिका पोखरी छेउमा खेल्दै गर्दा पोखरीमा खसेको देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहालले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस