‘…त्यसैले त सरकारी रेकर्डमा कोरोना पोजेटिभको संख्या घट्दो दरमा छ’

राजविराज । ‘सिङ्गो गाउँमा विरामी हामी मात्र होईन, फरक यत्ति हो की हामीले चेक गरायौं । आस्चर्यको कुरा विरामी भएकाहरु पनि मलाई त ज्वरो मात्रै आएको हो भन्दै फुर्तिका साथ घुमिरहेका छन् ।’ सप्तरीका एक सञ्चारकर्मीले आज विहान सामाजिक सञ्जालमा लेखेको स्टाट्स हो यो ।

सप्तकोशी नगरपालिका–१ फत्तेपुरका दिनेश शर्माले लेखेको यो स्टाट्सले ती गाउँका कोभिड–१९ जस्तो लक्षण देखिएका विरामीहरु पनि खुलेआम घुमिरहेको स्पष्ट हुन्छ । तर, सम्बन्धित निकायले भने सो विषयमा चासो नराखेको उनको गुनासो छ । सोही कारणले सरकारी रकर्डमा कोरोना पोजेटिभको संस्था घट्दो दरमा रहेको उनले आरोप समेत लगाएका हुन् ।

उनले लेखेका छन्, ‘ज्वरो आएपछि हामीले चेक गरायौं, कोरोना देखियो। लक्षण देखिएका आधारमा अव १/२ दिनमा हामीले कोरोना परास्त गरिसक्ने छौ । तर, सिङ्गो गाउँमा विरामी हामी मात्र होईन, फरक यत्ति हो की हामीले चेक गरायौं । आस्चर्यको कुरा विरामी भएकाहरु पनि मलाई त ज्वरो मात्रै आएको हो भन्दै फुर्तिका साथ घुमिरहेका छन्। सम्वन्धित निकायले पनि यस्ता विषयमा चासो राखेको छैन। त्यसैले त अहिले सरकारी रेकर्डमा कोरोना पोजेटिभको संख्या घट्दो दरमा छ। देशैभरीको अवस्था यस्तै त होलानी होईन सरकार ?’

सो नगरपालिकामा दोस्रो लहरको कोरोना संक्रमणबाट नगरकी उप–प्रमुखसहित ६ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म ५० भन्दा बढी व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

उता, नगर प्रमुख उत्तम कुमार शर्माले संक्रमितहरु नै घिमफिर गरिरहेको विषय स्वीकर गरेका छन् । ‘संक्रमण देखिएर पनि बजार फिमफिर गरिरहेका व्यक्तिहरुलाई हामीले प्रहरी लगाएर पनि पहिलो पटकको लागि चेतावनी दिएको छु’ उनले मधेशलाइभसँग कुरा गर्दै भने–‘अब उपरान्त पनि त्यस्तो देखिएको खण्डमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही अघि बढाउनेछौं ।’

अध्यादेशअनुसार कोभिड–१९ संकट व्यवस्थापन विपरित कार्य गर्नेलाई ६ महिना कैद वा ३ लाख रुपैयाँसम्म जरिवान अथवा दुवै सजाय हुने व्यवस्था छ ।

Author:



क्याटोगरी छान्‍नुहोस