आक्रोशित हुदै वर्षाले भनिन् , ‘के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो?’

जनकपुरधाम । नायिका वर्षा सिवाकोटीले देशका दुई वटा घटनाहरुलाई उल्लेख गर्दै पीडितले न्याय पाउन नसक्दा देशमा न्याय मरिसकेको हो, भन्दै प्रश्न गरेकी छिन् ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो प्रश्न गरेकी हुन् । उनले ससुराबाट यौ न उत्पीडन व्यहोरेर शंकाष्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएका घटनाले हाम्रो समाजको विकृत पक्षलाई उजागर गरेको बताएकी हुन्।

‘न्याय दिने निकाय किन यस्ता घटनामा क्वीक एक्सनमा उत्रदैनन् ?’ प्रश्न गर्दै उनले भनेकी छिन्, ‘घटनाहरु संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं।’

सामाजिक संजाल र युट्युव च्यानलहरुमा यस्ता विषय मजाकमा उडाइएको र राज्य संयन्त्र मुकदर्शक बनेकोप्रति उनको आक्रोस छ । उनले लेखेकी छिन्,:

अहिले पछिल्लो समयमा सार्वजनिक दुई घटनाले त्यस्तै देखाउँछन्। आफ्नै बुबा समानका ससुराबाट यौन उत्पिडन व्यहोरेर शंकाष्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएका घटनाले हाम्रो समाजको विकृत पक्षलाई उजागर गर्छन्। न्याय दिने निकाय किन यस्ता घटनामा क्वीक एक्सनमा उत्रदैनन् ?

यस्तो कारूणिक घटनालाई मसला बनाएर युट्युबरहरू संवेदनशील विषयमा चर्तिकला देखाइरहेका छन्। राज्यको न्याय प्रशासन भन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु नै हो। अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंकको होडबाजी छ। घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं। सक्छौँ भनें, हामी सबै मिलेर राज्यलाई दबाब सृजना गरौं।

व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ। युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पीडा होला ख्याल गरौं।

Author:



क्याटोगरी छान्‍नुहोस