आज बोदे बरसाईनका थप एक जना कोरोना संक्रमितको मृत्यु

राजविराज, २४ जेठ । सप्तरीको बोदे बरसाईन नगरपालिकाका आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार वडा नम्वर १ का ८१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गत शनिबार संक्रमण देखिएको उनलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको हिजो मृत्यु भएको कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । योसँगै बोदे बरसाईनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ ।

यसैगरी सप्तरीभर दोस्रो लहर (वैशाख ३ गतेपछि) कोरोनाबाट ९७ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हाल सप्तरीमा ७६० जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस