चट्याङ लागेर चौधरीको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ घरको बरण्डमा खाना खाइरहेका ३८ बर्षीय मनिराम चौधरीलाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर बेहोस भएका चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा गए राति मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस