ओलीले ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छः डा.भट्टराई

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ‘कम्युनिष्ट’ पदावलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बदनाम गराइसकेको आरोप लगाएका छन् । उनले फेरि अर्को ‘असली कम्युनिष्ट’ को कुरा गर्नु ‘बरमझियाका असली बाजेको पेडा’ हुनसक्ने बताएका हुन् ।

उनले आज ट्वीट गर्र्दै ओली प्रतिगमन विरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि हुुनसक्ने भन्दै सबैलाई नयाँ ढंगले सोच्न आग्रह गरे ।

उनले लेखेका छन्, ‘भनिन्छ कुनै पनि संकट नयाँ सम्भावना लिएर आउँछ । ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ । ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ । सबैले नयाँ ढंगले सोचौं !

Author:



क्याटोगरी छान्‍नुहोस