रहेनन् सप्तरीका युवा नेता आलोक !

राजविराज, २६ जेठ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीका एक युवा नेताको असामयिक निधन भएको छ । बोदे बरसाईन नगरपालिका–५ निवासी ३५ वर्षीय इन्जिनियर आलोक यादवको विराट मेडिकल क्लेज एण्ड टिचिङ्ग हस्पिटलमा आज विहान निधन भएको हो ।

केही समयअघि उनमा कोरोना संक्रमण देखिएपछि उपचारको अस्पताल भर्ना गरिएको थियो । उनको हिजो (मंगलबार) कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको अस्पतालका प्रवक्ता सुनिल देवले बताए । ‘हिजो मात्रै उनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो तर छातीमा समस्या देखिएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो’ उनले भने–‘उपचारकै क्रममा उनको आज विहान निधन भएको हो ।’

जनमत पार्टी बोदे बरसाईन नगरपालिकाको नगर समिति अध्यक्ष यादवको असामयिक निधन प्रति पार्टीका अध्यक्ष डा.राउतले गहिरो दुःख व्यक्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस