माओवादी केन्द्रद्वारा सप्तरीमा अदालत अगाडी प्रदर्शन

सप्तरी जेठ २६ गते । नेपाल कम्युनिष्ट पार्टी (माओेबादी केन्द्र)सप्तरीले बुधवार अदालत अगाडी प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति गरेको प्रतिनिधिसभा (संसद) विघटन मुद्दामा चाँडै न्याय सम्पादन हुनुपर्ने माग गर्दै उनीहरुले उच्च अदालत जनकपुर राजविराज ईजलास र जिल्ला अदालत सप्तरी अगाडी प्रदर्शन गरेका छन् ।

उनीहरुले न्याय सम्पादन अबिलम्ब गर, स्वतन्त्र न्याय प्रणालीमाथिको हस्तक्षेप बन्द गर, कानुनी शासनको वहाली चाडौँ गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष अशोक कुमार मण्डलको नेतृत्वमा गरिएको प्रदर्शनमा पार्टीका प्रदेश सदस्य महेश प्रसाद यादव, नेताहरु अरुण साह, छेदी रजक, जिल्ला सदस्य रामगमन साह, राजु जयशवाल, मुकेश यादव, राहुल मण्डल, कृष्णदेव मण्डल, अशोक जयशवाल, बशन्तमण्डल, श्रवन मण्डल, मेख बहादुर तामांगा, कृष्ण मण्डल, जगजीवन राम, सुनिता साह लगायतको सहभागी थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस