रौतहटमा ३० लाखबढी रुपैयाँसहित दुई जना भारतीय पक्राउ

जनकपुरधाम । रौतहटमा स्रोत नखुलेको ३० लाखभन्दा बढी नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई बुधवार पक्राउ गरिएको छ । भारतको बिहार मोतिहारी जिल्लाको घोडासानका २२ वर्षीय बन्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले बताए ।

परोहा नगरपालिका–९ रामपुरखापमा बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकलमा चढेर आउँदै गरेको उनीहरुलाई चकेजाँच गर्दा सो रकम बरामद भएको उनले बताए ।

उनीहरुले हुन्डी कारोवारको लागि सो रकम ओसारपसार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस