पछिल्लो २४ घण्टामा ५७६८ कोरोना संक्रमित निको भए

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६८ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख १० हजार २९८ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन्।

हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए। देशभर आज ८० हजार ३३६ सक्रिय संक्रमित छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780