राजविराज, २६ जेठ । सप्तरीमा कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४० जना सवारी चालकलाई आज कारवाही गरिएको छ ।
राजविराजसहित विभिन्न स्थानमा निषेधाज्ञा उल्लंघ गरी सवारी चलाइरहेका ४० जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । उनका अनुसार उनीहरुबाट ३४ हजार रुपैयाँ राजश्व असुल गरिएको छ ।