तीन मन्त्रालयसहित सरकारमा जाने कांग्रेसको निर्णय, साँझ साढे सात बजे शपथ

जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ । कांग्रेसलाई प्रदेश सरकारको तीन महत्वपूर्ण मन्त्रालय दिने सहमती भएपछि बुधबार साँझ साढे ७ बजे कांग्रेसका मन्त्रीको शपथ ग्रहण कार्यक्रम राखिएको हो ।

कांग्रेसलाई दिइने मन्त्रालय टुंगो लागेको र केहीबेरमा कांग्रेसबाट सहभागी हुने मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको आन्तरिक मामिला तथा कानून मन्‍त्री ज्ञानेन्द्र यादवले मधेश लाईभलाई जानकारी दिएका छन् ।

बुधबार साँझ साढे ७ बजे प्रदेश प्रमुख राजेश झाले कांग्रेसका नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउँदै छन् । जसपाका उपेन्द्र यादव र राउत समूहले सरकारबाट ठाकुर–महतो समूहका चार मन्त्री पदमुक्त गरेपछि कांग्रेसलाई सहभागी गराइएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस