प्रदेश २ बाट राजकिशोर र ज्वालाकुमारी मन्त्री बन्दै

जनकपुरधाम । संघ सरकारमा प्रदेश २ बाट थप २ जना मन्त्री बन्दै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनः मन्त्रिपरिषद् विस्तार गर्न लागेको हो । जसमा प्रदेश २ बाट २ जनासहित ८ जना मन्त्री बन्न लगोका हुन् ।

स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन् । यसैगरी, नैनकला थापा–सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह–कृषि मन्त्री, नारदमुनी राना–वनमन्त्री, मोहन बाँनिया–विना विभागीय, राजकिशोर यादव–उद्योग मन्त्री, गणेश पहाडी– सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस