आइसोलेसनका लागि स्वास्थ्य र सरसफाई समाग्री हस्तान्तरण

राजविराज, २७ जेठ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सप्तरीले कन्चनरुप नगरपालिकाद्वारा वडा नम्वर ११ को धर्मेश्वर धारापानी सामुदायिक भवनमा संचालित आइसोलेसन सेन्टरका लागि सामग्री हस्तान्तरण गरेको छ ।

युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत सो आइसोलेसन सेन्टरमा स्वास्थ्य तथा सरसफाइका समाग्रीहरु नगर प्रमुख वसन्त कुमार मिश्रलाई हस्तान्तरण गरिएको हो । सो आइसोलेसन सेन्टरमा स्वास्थ्य तथा सरसफाइका सामग्रीको अभाव रहेको भन्दै नगरपालिकाबाट माग भएबमोजिमका समाग्रीहरु हस्तान्तरण गरिएको कोभिड –१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्सन प्रशान्त थापाले जानकारी दिए ।

सो अवसरमा नगरपालिकाका प्रमूख कार्यकारी अधिकृत नवराज खडका, स्वास्थ्य बिभागका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत रामसेवक यादव लगायत अन्य कर्मचारीहरुको उपस्थित थियो । सामग्री बुझ्दै मेयर वसन्त कुमार मिश्रले यस नगरापािलकामा संक्रमण दर र मृत्यु हुनेको दर पनि उच्च रहेको र नगरपालिकाको सम्पूर्ण बजेट नियमित बिकास निर्माण कार्यमा खर्च भईसककोले यस्तो अवस्थामा नेपाल रेडक्रस सोसाइटी र युनिसेफ नेपालबाट अति आवश्यक सामग्रीहरु प्रदान गरेकोमा धन्यबाद दिए ।

हस्तान्तरण गरिएका सामग्रीहरु:

– पानी तताउने एयरपोट १ थान
– हारपिक ५०० (एमएल) २० थान
– टुवाइलेट ब्रस १० थान
– लाइफ ब्याय सावुन २ काटुन
– सेनिटाइजर ५००(एमएल) ५० थान
– डस्वीन ६० लिटर ३ थान
– पानी तान्ने मोटर १ (एचपी) १ थान
– हिल ट्या¨ १००० लिटर १ थान
– पानी खाने बोतल ५० थान
– गमबुट २ जोडा
– सर्जिकल ग्लोभस ५ प्याकेट
– सर्जिकल मास्क १००० थान
– फेस सिल्ड ५० थान
– खाना खाने प्लेट ५० थान
– पानी खाने जग १० थान
– बाल्टीन २० लिटर १० थान
– थर्मस १ थान
– सपकेश १०० थान
– पोचा लगाउने ५ थान
– पानी खाने गिलास ५० थान
– पानी छान्ने फिल्टर २० लिटर ४ थान

Author:



क्याटोगरी छान्‍नुहोस