कोरोनाबाट सप्तरीमा थप ३ जना पुरुषको मृत्यु

राजविराज, २७ जेठ । सप्तरीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनाबाट थप ३ संक्रमितको मृत्यु भएको छ ।

कञ्चनरूप नगरपालिका–२ का ४६ वर्षीय र वडा नम्वर ११ का ५८ वर्षीय, शम्भुनाथ नगरपालिका–९ का ६५ वर्षीय पुरुषको मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यससँगै सप्तरीमा कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) मा संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको निमित्त प्रमुख यादवले बताए ।

अहिलेसम्म दोस्रो लहरमा सप्तरीमा कुल २ हजार ४९ जना संक्रमित भएका सप्तरीमा १ हजार २ सय ९६ जना निको भएका छन् । हाल ६४९ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस