अबदेखि गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक पनि बाहिर काम गर्न नपाउने !

राजविराज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्यसंस्था कार्यक्रम पहिलो चरणमा १० वटा अस्पतालमा लागू गर्ने भएको छ।

एकै पटक सबै अस्पतालमा कार्यक्रम सुरु गर्न समस्या हुने देखिएपछि मन्त्रालयले पहिलो चरणमा देशका विभिन्न स्थानमा रहेका १० वटा अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हो।

सरकारले यो कार्यक्रम लागू गर्न केही समयअघि एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था (कार्यक्रम सञ्चालन) कार्यविधि, २०७७ ल्याएको छ । यो कार्यविधि अनुसार पहिलो चरणमा असारबाट १० वटा अस्पतालमा लागू गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा स्वास्थ्य मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गजेन्द्रनारायणसिंह अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल र पाँचथर अस्पतालमा यो कार्यक्रम लागू हुँदै छ।

Author:



क्याटोगरी छान्‍नुहोस