प्रदेश २ : चट्याङ लागेर दुई बालक घाइते

जनकपुरधाम । धनुषामा चट्याङ लागेर दुई बालक घाइते भएका छन् । शुक्रबार दिउँसो भएको वर्षासँगै चट्याङ खस्दा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१ पुलचोक बस्ने हकिम साफीका ११ वर्षीय छोरा रहान साफी र साबिक शेखका १२ वर्षीय छोरा शहीद शेख घाइते भएका हुन् ।

स्थानीय रेल्वे स्टेशन नजिकै रहेकाे पीपलकाे रूखमा चट्याङ पर्दा रुखमुनि खेलिरहेका दुबै बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घाइतेमध्ये रहान साफीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनको अहिले स्थानीय रामजानकी अस्पतालमा उपचार भईरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस