दाइजो नदिएको भन्दै कुटपिट गरेको आरोपमा पति र ससुरा पक्राउ

जनकपुरधाम । दाइजो नदिएको झोंकमा कुटपिट गरेको आरोपपछि सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका–२ का श्रीमान् जोगनारायण साह र ससुरा अनुपा साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । वैशाख १३ गते महोत्तरीको सम्सी गाउँपालिका–६ की २१ वर्षीया अमृता साहको जातीय परम्पराअनुसार जोगनारायणसँग विवाह भएको थियो ।

तर, विवाहको केही समय नबित्दै अमृतालाई दाइजो नदिएको भन्दै श्रीमान्सहित उनको घर परिवारका सदस्यले ज्यान मार्ने नियतले कुटपिट गरी घाइते बनाएका थिए ।

अमृताले दाइजोसम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दाको शीर्षकमा जाहेरी दिएपछि घटनामा संलग्न पीडितकी श्रीमान् र ससुरालाई शुक्रबार पक्राउ गरिएको प्रवक्ता कुँवरले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस