स्वास्थ्य मन्त्रालयद्वारा पशुपन्छीबाट मानिसमा सर्ने १० रोग सार्वजनिक

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ ।

महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो । पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताए ।

उनका अनुसार इन्फ्लुएन्जा (जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा), रेबिज, कोरोना भाइरस, लेप्टोस्पाइरोसिस, बु्रसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टिमर्कोसिस–हाईडाट्रिडोसि र टोक्जोप्लास्मोसिस रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस