मानव जीवनको सुरक्षाका निम्ति स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताः मन्त्री साह

राजविराज, २८ जेठ । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मानव जीवनको सुरक्षाका निम्ति प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् ।

उनले आज (शुक्रवार) सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ रामपुरामा ‘एकल महिलाहरुलाई गाई वितरण कार्यक्रम’ को उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

‘अहिलेको आवश्यकता अनुसार कोभिड–१९ महामारीलाई लक्षित गरी प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ, जसमा स्वास्थ्य क्षेत्रलाई नै विशेष प्राथमिकतामा राखिएको छ’ उनले भने–‘कोभिड–१९ संक्रमण दर अहिले केही कम भएको देखिन्छ तर मृत्यु दर भने अझै घटेको छैन्, र यसको तेस्रो लहर पनि आउनसक्ने आकलन गरिएका गरिएको छ ।’

अहिलेको नीति तथा कार्यक्रममा दोस्रो प्राथमिकतामा कृषि क्षेत्र रहेको मन्त्री साहले बताए । ‘कृषकहरुको आय वृद्धि गर्ने उद्देश्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई दोस्रो स्थानमा राखेको छ’ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री साहले भने–‘सोही अनुसार नै कृषि क्षेत्रको काम पनि अघि बढ्नेछ ।’

२० जना एकल महिलालाई गाई वितरण

सोही कार्यक्रममा छिन्नमस्ता गाउँपालिका–२ रामपुराका २० जना एकल महिलालाई गाई वितरण गरिएको छ । छिन्नमस्ता विकास तथा पशु पालन कृषक समूहका अध्यक्ष विनोद साफीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई मन्त्री साहले गाई हस्तान्तरण गरेका हुन् ।

 ‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत व्यवसायिक कृषि उत्पादन केन्द्र भैंसी (ब्लक) विकास कार्यक्रम’ छिन्नमस्ता विकास तथा पशु पालन कृषक समूहकै आयोजनामा २० जना एकल महिलालाई गाई वितरण गरिएको छ ।

सो कार्यक्रममा वडा नम्वर २ का वडाध्यक्ष चुनचुन साह, गोपाल झा, ज्ञानी मण्डल, लाल देव यादव लगायतले बोलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस