धनुषामा पौडी खेल्न गएकी पाँच जना बालिकाको पोखरीमा डुबेर मृत्यु

जनकपुरधाम, २८ जेठ । धनुषामा आज पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको छ । मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष सम्मको ५ जना बालिकाको डुबेर मृत्यु भएको उनले बताए । उनले पोखरीबाट ५ जनाको शव निकालिए पनि दुई जनाको खोजी भइरहेको बताए ।

उनले भने–‘पोडी खेल्ने क्रममा डुबेर मृत्यु भएको खबर पाउनासाथ प्रहरी जाँदा ५ जना बालिकाको शव निकालेका छौं । दुई जना अहिले बेपत्ता छन् ।’

पोखरीमा डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललीता साह तेली रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा रहेको रानाभाटले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस