विदेश पठाई दिन्छु भन्दै डेढ लाख ठगी गर्ने सप्तरीका यादव पक्राउ

राजविराज । विदेश पठाई दिन्छु भन्दै झण्डै डेढ लाख रुपैयाँ ठगी गर्ने सप्तरीका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक मलेकपुर गाविस–५ हाल बिष्णुपुर गाउँपालिका–१ का ४६ वर्षीय ईनरदेव यादव छन् ।

जैफुन खातुनले २०६८ असोज २ गते प्रहरीमा दिएको जाहेरीअनुसार यादवले उनको छोरालाई विदेश पठाई दिन्छु भन्दै १ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए । जाहेरीका आधारमा यादवलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा पेश गरिएको थियो । २०७५ असार २५ गते अदालतबाट उनलाई दोषी ठहर गर्दै १ बर्ष कैद र १ लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

सोही लगत्तै फरार रहेका यादवलाई हिजो (आइतवार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । उनलाई अदालतमा पेस गरी कैद भुक्तानको लागि कारागार पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस