३० नेताको हस्ताक्षरसहित जसपा आधिकारिकताको लागि यादव पक्षको दावी

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बहुमतको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको छ ।

उनीहरूले निर्वाचन आयोगमा पुगेरै आधिकारिकता दाबी गरेको नेता राजेन्द्र श्रेष्ठले बताए । ‘हामीले आयोग पुगेर ३० जनाको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेका छौँ । बहुमत कार्यकारिणी समितिको हस्ताक्षर आयोगमा शशरीर उपस्थित भएर पेश गर्‍यौँ,’ उनले भने ।

५१ जना समिति सदस्यमध्ये उनीहरूले ३० जनासहितको दाबी आयोगमा पेश गरेका हुन् । राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टीको आधिकारिकताका लागि ४० प्रतिशत केन्द्रीय सदस्यहरूको हस्ताक्षर आवश्यकता पर्छ ।

१८ जेठमा पार्टीको निर्णयविपरीत अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह सरकारमा सहभागी भएको भन्दै यादव पक्षले उनीहरूलाई कारबाही गरेको थियो । आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अद्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्षले दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस