सप्तरीमा बाढी : छ सयभन्दा बढी विघामा लगाइएको धान बाली डुबान

राजविराज, ४ असार । अविरल वर्षाका कारण सप्तरीको दक्षिणी र पश्चिम भेगका ६ सयभन्दा बढी विघामा लगाइएको धान बाली डुबान भएको छ । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवका अनुसार लगातारको वर्षाले सुन्दरी, महुलीसहितका खोलामा आएको बाढी खेतमा पस्दा हनुमाननगर कंकालिनी नगरपालिकामा ५५० विघाभन्दा बढी जग्गामा लगाइएको धान बाली डुबानमा परेको हो ।

 

यसैगरी बलान बिहुल नदीको बाढी खेतमा पस्दा बलान बिहुल गाउँपालिकाका करिब ७० बिघा जग्गामा लगाइएको धान बाली डुबानमा परेको उनले बताए । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । सोमध्ये ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको केन्द्रले जनाएको छ ।

*सुन्दरी र महुली खोला हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस