‘एलै सावनके मौसम’ म्युजिक भिडियो सार्वजनिक

राजविराज । मैथिली गीत–सङ्गीतमा प्यारोडी हावी भईरहँदा पछिल्लो पटक ‘एलै सावनके मौसम’ नामक मैथिली भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शर्मा क्रियशन नामक यु–ट्युब च्यानलबाट उक्त गीत शुक्रबार सार्वजनिक भएको हो । गायक मिथिला रतन बिरेन्द्र झा, रिंकु जैसवालको सुमधुर स्वरमा सजिएको उक्त गीतमा अनजन यादव र लक्ष्मी खत्रीले मोडलिङ्ग गरेकी छिन् ।

गीतको रचना सुरज झा सुमनले गरेका छन् । उक्त गीतमा निराजन मेहता मंजितले सम्पादन गरेको शर्मा क्रियशनका प्रमुख तेज नारायण शर्माले जानकारी दिएका छन् ।

 

Author:



क्याटोगरी छान्‍नुहोस