युट्युबमा धेरै खोजिएका भारतीय सुपरस्टार बने अजय

मुम्बई । बलिउड अभिनेता अजय देवगन अर्का अभिनेता सलमान खान र साउथ सुपरस्टार थलापति विजयलाई उछिन्दै नम्बर १ मा पुगेका छन् । उनी गुगल ट्रेन्डको रिपोर्ट ‘मोस्ट सर्चड इन्डियन सुपरस्टार अन युट्युब’ बनेका हुन् ।

सन् २०२० को १२ महिनामा उनी युट्युबमा सबैभन्दा धेरै खोजिएका भारतीय सुपरस्टार बनेका हुन् । उनले बलिउडका ‘बीग बी’ अमिताभ बच्चन, सलमान खान, साउथका अल्लु अर्जुन, थलापति विजयलगायतलाई पछि पारेका हुन् ।

यो सूचीको दोस्रो स्थानमा सलमान खान छन् । सलमानपछि तेस्रो धेरै सर्च गरिएका अभिनेतामा अल्लु अर्जुन रहेका छन् । चौथो स्थानमा अमिताभ बच्चन र पाँचौँ स्थानमा थलापति विजय छन् । नवभारत टाइम्सबाट ।

Author:



क्याटोगरी छान्‍नुहोस