हत्या आरोपमा पुजारीसहित दुई जना पक्राउ

जनकपुरधाम । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर १ बरैनिया टोलमा गत असार ३ गते मृत अवस्थामा फेला परेका युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले एक जना मन्दिरका पुजारीसहित दुई जनालाई पक्राउ गरेको छ ।

बाराको बिश्रामपुर गाउँपालिका–२ बरैनिया टोल निवासी बिरबहादुर यादव (दास बाबा) र फेटा गाउँपालिका–३ फुलवरिया टोल निवासी पारस महतो धानुकलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । गत असार ३ गते बिश्रामपुर गाउँपालिका–२ भरवलिया बस्ने २५ वर्षीय भादो भनिने वीरेन्द्र बैठाको शव वडा नम्बर १ स्थित सडकको किनारमा फेला परेको थियो ।

शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा उनी जाँडरक्सी तथा गाँजा सेवन गर्ने र गाउँघरमा सानो तिनो चोरी गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनी गाँजा तथा पैसा चोरी गर्न मन्दिरमा गएको बेला मन्दिरका पुजारी यादवले उनको टाउकोमा चिपिया (साधुले प्रयोग गर्ने फलामको चिम्टा)ले प्रहार गर्दा बैठा घाइते भइ लडेका थिए।

घाइते भएपछि सोही मन्दिरमा सुत्ने गरेका अर्का अभियुक्त पारस महतो धानुकले बाँसको भाटाले प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी प्रवक्ता मिश्रले बताए।  मृत्यु पश्चात पुजारी बैठा र धानुकले शव फालेको बयान दिएको उनले जानकारी दिए। पक्राउ परेका दुबै जनालाई कर्तव्य ज्यान मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780