सुन–चाँदीको मूल्य सामान्य घट्यो

जनकपुरधाम । अघिल्ला दुई दिन बढेको सुन–चाँदीको भाउ बुधबार सामान्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ३०० र चाँदी पाँच रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ७०० कायम गरेको छ । मंगलबार तोलाको ९१ हजार रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले कमी आएर तोलाको १२ सय ९५ कायम भएको महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस