राजमार्गमा गुडिरहेको ट्रिपरमा अचानक आगलागी

लहान । सिरहामा गुडिरहेको एक ट्रिपरमा आज विहान आगलागी भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा पूर्वतर्फ आइरहेको ना १ क ५५५१ नम्बरको ट्रिपरमा अचनाक आगलागी भएको हो ।

इँटा लोड गरिएको सो ट्रिपरमा अचानक आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगलागीका कारण ट्रिपरको अगाडीको भाग जलेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस