सडक मर्मतको माग गर्दै स्थानीयले गरे सडकमै रोपाइँ

लहान । सडक मर्मतको माग गर्दै सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित हिलाम्म सडकमा स्थानीय युवाले विरोधस्वरुप रोपाइँ गरेका छन् ।

वडाध्यक्ष राजु श्रेष्ठ र मेयर हरिनारायण चौधरीलाई सडक मर्मत गर्न पटक–पटक आग्रह गरे पनि वास्ता नगरेको भन्दै उनीहरुले सडकमै धानको बिऊ रोपेर विरोध गरेको स्थानीय रामकुमार महतोले जानकारी  दिए ।

उनका अनुसार करिब ४ सय मिटर सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । सो खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको छ ।

धान रोपेका युवा खगेश्वर यादव भन्छन्, ‘जनप्रतिनिधिले सडक मर्मत गरिदिएनन् । त्यसैले हामी विरोधस्वरुप धान रोपेका हौं ।’

वर्षायाम सुरु भएसँगै प्रदेश २ का अधिकांश ग्रामीण सडक हिलाम्मे भएर अवरुद्ध छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस