रोएको तरिकाबाट आमाले पत्ता लगाइन् दीपिकाको डिप्रेसन

मुम्बई । दीपिका पादुकोण अहिले बलिउडकी अब्बल अभिनेत्रीमा पर्छिन् । उनका थुप्रै चलचित्रहरु सुपरहिट भएका छन् । अहिले उनी करियर र व्यक्तिगत दुवै जीवनमा खुसी र सफल छिन् ।

तर, कुनै समय त्यस्तो थियो, दीपिका आफ्नो जीवनदेखि हरेस खाएकी थिइन् । उनी भित्रभित्रै टुटिसकेकी थिइन् । दीपिकाको त्यो समस्या उनकी आमाले पत्ता लगाएकी थिइन् । उनले आफ्नी छोरीमा भएको मानसिक तनाव (डिप्रेसन)लाई पत्ता मात्रै लगाइनन्, उनलाई त्यो दलदलबाट उम्किन पनि मद्दत गरिन् ।

हालै ‘भ्वाइस च्याट रुम’ सेसनको क्रममा अभिनेत्री पादुकोणले आफ्नो डिप्रेसनका दिन याद गरेकी छिन् । “मेरी आमा उज्जवला पादुकोणले म रुने तरिका देखेर यो काममा तनाव, सामान्य प्रेम वा ब्रेकअपको कारण नभई अलि ठूलै समस्या भएको पत्ता लगाएकी थिइन,” उनले बताइन् ।

उनी सन् २०१४ देखि डिप्रेसनको सिकार बनेको दीपिकाले जानकारी दिइन् । त्यो समय उनी निकै निराश थिइन् । आमाले आफ्नो समस्याबारे थाहा पाएको बताउँदै उनले भनिन्, “त्यो बेला मेरो परिवार मलाई भेट्न मुम्बई आएको थियो । केही समय बसेर घर फर्किन आफ्नो ब्याग प्याक गरिरहँदा म उहाँहरुको कोठामा गएर अचानक रुन लागेँ । म रोएको देखेर आमाले म कुनै समस्यामा छु भनेर थाहा पाउनुभयो । आमाले के भयो भनेर सोध्नुभयो, तर मैले केही भन्नै सकिनँ । तर, मेरी आमाको अनुभव र प्रिजेन्स अफ माइन्ड नै थियो, जसले मलाई यो समस्याबाट निकालिदियो ।” दीपिका अहिले पनि त्यो दिन सम्झेर डराउने गर्छिन् । नवभारत टाइम्सबाट 

Author:



क्याटोगरी छान्‍नुहोस