निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमण बढ्यो : स्वास्थ्य मन्त्रालय

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमण दर पनि बढ्दै गएको बताएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना जोखिम अझै कायम रहेकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ। विगत एक हप्तादेखि संक्रमण दर बढ्दै गएको मन्त्रालयले जनाएको छ।

कोभिड-१९ को तेस्रो लहर आउने भन्दै स्वास्थ्य संस्थाहरूलाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले स्वास्थ्य संस्थालाई अक्सिजन, बेड र आवश्यक पूर्वाधार तयारी गरेर राख्‍न निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भन्दै सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।

कोरोना संक्रमण रोक्न सबै व्यक्ति,नागरिक समाज तथा विभिन्न संस्थाले हातेमालो मिलाएर अघि बढ्नुपर्ने बताउँदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड उदंघन नगर्ने समेत आग्रह गरेको छ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले खोप केन्द्रमा भीडभाडले संक्रमणको जोखिम बढाएको भन्दै खोप लगाउन जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेका छन्।

‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्नुहुन अनुरोध समेत छ,’ मन्त्रालयले भनेको छ ।

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण देखा परेको हो । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वास्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार १० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित र २६ वटा जिल्लामा २०० बढी सक्रिय संक्रमित रहेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस