को हुन् अफगानिस्तानका नयाँ प्रधानमन्त्री मुल्लाह अखुन्द ?

काबुल, २३ भदौ । काबुल कब्जा गरेको तीन सातापछि तालिवानले मुल्लाह मोहमद हसन अखुन्दलाई अन्तरिम सरकारका प्रधानमन्त्री घोषणा गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि तालिवान समूहभित्र उनी को हुन भन्ने बारेमा चासो बढेको छ ।

मुल्लाह अखुन्द तालिवानको निर्णय गर्ने निकाय रहबारी शुरा अर्थात नेतृत्व परिषदका प्रमुख हुन् । २६ सदस्य रहेको रहबारी शुरालाई तालिवानको उच्चतम सल्लाहकार परिषद् तथा निर्णायक समूह मानिन्छ ।

अखुन्दलाइ राष्ट्रसंघले लामो समयदेखि प्रतिबन्ध लगाएको छ । सन् १९९६ देखि सन् २००१ मा तालिवान सत्तामा हुँदा अखुन्द एक पटक विदेशमन्त्री र अर्को पटक उपप्रधानमन्त्री भएका थिए । मुल्लाह अखुन्द लामो समयसम्म तालिवानका पूर्व प्रमुख मुल्लाह मोहमद ओमारको निकट भएर काम गरेका थिए । तालिवानको गढ मानिने कन्दाहरमा जन्मिएका अखुन्दलाई ओमारको विश्वासपात्र भएको भएको उनीमाथि राष्ट्रसंघले लगाएको प्रतिबन्धमा उल्लेख छ ।

अखुन्द तालिवान आन्दोलनमा सम्मानित नेता हुन् । उनलाई तालिवानका प्रमुख नेता हिबतुल्लाह अखुन्जादाले समेत सम्मान गर्छन् । तालिवानको नेतृत्व संरचनामा हिबतुल्लाह शीर्ष स्थानमा छन् । उनी धार्मिक तथा सैन्य मामिलाका प्रमुख हुन् ।

अन्दाजी ६५ वर्षका अखुन्द धार्मिक भन्दा पनि राजनीतिक मामिलामा बढी जानाकार मानिन्छन् । तालिवानको सैन्य रणनीतिमा पनि उनको दबदबा छ । आधुनिक अफगानिस्तानका संस्थापक अहमद साह दुरानीको पुर्खासँग अखुन्दा जोडिएका छन् ।

अखुन्द तालिवानको निर्णय गर्ने निकाय रहबारी शुरामा महत्वपूर्ण भूमिकामा छन् । सन् २००१ मा अमेरिकी नेतृत्वको विदेशी फौजले तालिवान सत्ता अपदस्थ गरेपछि शुरा स्थापना भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780